Get the Flash Player to see this rotator.
Biswa Shanti Puja 2066

विश्वशान्ति पुजामा सहभागी बनौं खुलेर दान गरौं, हाम्रो मूल घर निर्माण गरौं तमु धिं नेपाल, पोखराको हार्दिक अपील विश्वशान्ति पुजामा सहभागी बनौं

पृष्ठभुमिः
गण्डक क्षेत्रको हिमाली भागहरुमा बसोबास गर्दै आएका हामी आदिवासी तमुहरु समय र परिस्थितिले बसार्ई सर्ने क्रममा पोखरा, काठमाण्डौं, तराईका फाँटहरु र देशका विभिन्न क्षेत्रहरुमा बाक्लो बस्ती बसालेका छन् तमुहरुले । हाम्रा जातिहरु जहाँ रहे पनि आफ्नो जातीय मौलिक पहिचान, संस्कृति, परम्परा, भाषा र भेषभूषाको विकास र जगेर्ना गर्न सचेत र जागरुक रहने हुनाले आपmना बस्तीहरुमा तमु संस्था स्थापना गरी सो मार्फ जातीय गौरव, एकता र अन्य जातिहरुसँग गहिरो सद्भाव उन्नत गर्न क्रियाशिल रहदै आएको लामो इतिहासको पृष्टभूमिलाई फर्केर हेर्दा राजधानीमा पहिलो पल्ट स्थापना गरिएको गुरुङ कल्याण संघ देखि मुलुकभर तमु वस्तीहरुमा तमु संस्थाहरुको महसुस हुदैं जाने क्रममा तमुहरुको बाहुल्य र उद्गम क्षेत्रको प्रतिनिधित्व हुने गरी रैथाने तमुहरुको ठूलो भेलाले ५ जेष्ठ २०४२ का दिन र्साईत गरी शान्तिवन बाटिकाको मैदान, पोखरामा यो संस्थाको विधिवत जन्म भएको हो ।

जन्मकालदेखि यो संस्था गह्रुौ अभिभारा, तमुहरुको उज्जल भविष्य र एकताको संकल्पको भारी बोकी अघि बढ्ने क्रममा शिशुकालमा पञ्चायती शास्ती, हुर्कने बेलामा मुलुकको द्वन्दको पीडा, तमु जातीय संस्थाहरुको पिरलो र साम्प्रदायिक अरोपहरु खेप्दै चिर्दै आफ्नो उद्देश्य प्रति कहिल्यै विचलित नभै बहुदलदेखि लोकतन्त्रसम्म आईपुग्दा कुनै राजनैतिक कलरबाट प्रभाविगत हुनबाट जोगाई तमुहरुको हित र अधिकारको पक्षमा उभिदैं आएको एक उच्चकोटीको विसुद्ध सामाजिक संस्थाको रुपमा ३९ वटा क्षेत्रीय समाजहरुको दह्रो साथ मातृभूमी र नेपाली जनताहरुप्रति उत्तिकै उत्तदरायि रहदै गरिमामय भूमिकाका साथ हामी सबैको साझा क्रियाशिलताले यहाँ सम्म आई पुगेको तमुहरुको र्सवाधिक आस्था र लोकप्रिय यो संस्था यस वर्ष २५ र्अौ वर्षमा प्रवेश भएको सुखद अवसरमा हर्षवभोरका साथ हाम्रा आदरणीय तमु दाजुभाई, दिदीबहिनीहरुको घर आँगनमा आईपुगेका छौं । यस खुशियालीमा यहाँहरु सबैमा छ्याजालो टक्र्याउँदछौं, तमु धिं नेपाल ।

नेपालको एकीकरणदेखि आधुनिक नेपाल निर्माणसम्म र प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनहरुमा तमुहरुले खेलेको सक्रियता र भूमिकाले भरिएको हाम्रो गौरबमयर् इतिहासको हामी गर्व गर्दछौं । तर मुलुकले हाम्रोर् इतिहासको कहिल्यै गम्भीरतापुर्वक मनन र कदर गर्न सकेन । तत्कालिन दरबार देखि लोकतन्त्रको यात्रासम्म आईपुग्दा पनि तमुहरुले विशिष्ट अधिकार सहित राज्य संचालनमा शासकीय दर्जाहरुमा आफ्नो पहुंच ग्रहण गर्न सकिरहेको छैन । यस दुखान्त र अन्यायपूर्ण विभेदप्रति सर्यौं वर्षेखि दुखेका मनहरुलाई अवसर र अधिकार किटान गर्नुको ठाउँमा हाम्रार् इतिहास सँग पिठो साट्ने काम गर्दै आएका छन् राज्यले । बदलिएको वर्तमान अवस्थामा आफ्नो पहिचान र अधिकारको लागि तमुहरुले मुख नखोल्ने त अब - यसैले गुमेको हाम्रो ह्युला, ओझेलमा पारेको इतिहास, खोसिएका हाम्रा अधिकार, गर्दै आएको चिथोमिचो र गरिने फरक व्यवहारको विरुद्ध आजसम्म नसुन्ने र नबुझ्नेहरुलाई चर्को दवाव दिदै नया“ नेपाल निर्माणसँगै अब हाम्रो मूल घर निर्माण गर्न सबैमा हार्दिकतासाथ अपील गर्दछौं ।

विश्वशान्ति पूजा 
तमु धिं नेपालको रजत: जयन्तीको सुखद् उपलक्ष्यमा तय भएका कार्यक्रमहरु मध्ये धेरै महत्वपूर्ण र लक्ष्य बोकेको र तमुहरुकोर् इतिहासमा प्रथम पटक र एकताको प्रतिकका रुपमा आयोजना हुने यो ऐतिहासिक पूजा आगामी फाल्गुण ५ गते शुरु भई ११ गते सम्पन्न हुने कार्यक्रममा हाम्रा पच्यू, क्लेप्री र लामा गुरुहरुबाट एकै जग्गेबाट धार्मिक प्रवचन हुनेछ । यो पूजा सम्पन्न गराउन तमु धिं नेपालका अध्यक्ष श्रीमती कर्म तमुज्युको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । सो समितिमा तमु प्राज्ञिकहरु, राजनीतिक दल र नेताहरु, नेपाल अधिराज्यभरका तमु संस्थाहरुका अध्यक्षज्यूहरु, क्षेत्रीय समाजका अध्यक्षज्यूहरु, क्षेत्रीय समाजका कार्यसमिति, क्षेत्रीय समाजका प्रत्येक घरधुरीका मुली, समाजसेवी तमु महिला उद्योगी, व्यापारीहरु, युवा विद्यार्थीहरु र आमा समूहहरु सदस्यमा मनोनयन गरिएको छ ।

विश्वभर पातलिंदै गएको मूल्य, मान्यता र विधि र बढ्दो विकृति र विसंगतिले कष्टदायक बन्दै गएको सामाजिक अवस्थालाई यस धार्मिक प्रवचनद्वारा नैतिक शिक्षाको शन्देश प्रवाह गर्दै समाज, देश र अन्तराष्ट्रिय भातृत्व प्रतिर् इमान्दार रहन विश्व समुदायलाई आग्रह गर्नेछ । यस पूजामा हुने प्रवचन श्रवण गरी नयाँ सोच, उत्साह र उर्जा सहित हामी स्वर्ण बर्षतर्फपाईला टेक्ने छौं । यसैले नयाँ पिंडिलाई एउटा स्वस्थ विचार, स्वतन्त्र र दह्रो आर्थिक अवस्था सहितको भौतिक आधारशिला समेतको तमु धिं नेपाल हस्तान्तर गर्न सके हामीसबैलाई गौरव महसुस हुने र भोलिको दिन सुखद र सुनौला हुने विश्वासमा यस पूजाबाट मोटो रकम संकलन गर्ने लक्ष्य समावेश गरेका छौं । यो यज्ञ सफल पार्न सबै तमुहरुको प्रतिबद्धता सहित लाखौं तमुहरुको र्समर्थन थप्दै जाँदा करोडौं रुपैयाँ जुट्ने दुढ विशवास गरेका छौं । यसैले भोलिका हाम्रा सन्तानहरुको भविष्यका निम्ति र पूज्य पितृहरुको आत्मशान्तिका लागि यस यज्ञ मार्फ यहाँहरु सबैले ठूलो रकम दान गर्नु हुने विश्वास गरेका छौं ।

आदरणीय भू.पू. सैनिक मित्रहरु
हाम्रा पुख्र्यौली पेशा पल्टनीयाँ भएकाले हाम्रा पुर्खाहरु भारत, व्रिटिस, सिंगापुर र नेपाली सेना र प्रहरीमा सेवा गर्ने क्रममा हाम्रा वीर योद्धाहरु प्रथम/द्वितीय विश्वयुद्धदेखि आजसम्म आईपुग्दा हज्जारौं सैनिकहरुले वीरगति प्राप्त गरे, भी.सी.मानद्वारा विभूषित भए, सयौं जना युद्धबन्दी भए र अरबौं रुपिया“ मुलुक भित्र भित्र्याएर जर्जर भएको मुलुकको अर्थतन्त्रलाई जोगाए र वीर गोर्खालीहरुका नाऊबाट नेपाललाई संसारभर चिनाए । यस अर्थमा तपाईको जन्मथलो र सिंगो राष्ट्र ऋणी बनेको छ तपाईहरुको । यो इतिहास पल्टाउँदा हामी गौरव महसुस गर्दछौं । अर्को पाना पल्टाउँदा तपाईहरु छातिभरी तक्मा, कुमभरी फूली र सुन्दर पेन्सनका साथ मातृभूमी र्फकनु भएको छ । कहिल्यै नथाक्ने तपाईहरुको मन घर र्फकनु भएपछि रिटायर्ड जीवनमा पुनः सामाजिक दायित्व सँग जातीय समृद्धिका लागि अर्को बाटो सम्हाल्ने यात्रामा आफ्नो अनुभव, सीप र पौरख खर्चाउनु भएको छ बौद्ध अर्र्घौं सदन रामघाट, पे ल्हु संघ तुल्सीघाट, तमु धिं नेपाल र आफ्ना क्षेत्रीय समाजघरहरुको निर्माणहरुमा । यसरी तमु संस्थाहरुको उन्नतिका बारेमा छलफल गरिंदा जहाँको समारोहहरुमा पनि तपाईहरुको उपस्थितिले छपक्क ढाकिदा हाम्रो भावनात्मक उत्साह दोब्बर हुन्छ । यसैले तपाईहरु हाम्रो समृद्धिको स्रोत बन्नु भएको छ र तपाईहरुको सहयोग र साथले हामी यस उचाईसम्म आई पुगेको साँचो हो । यसैले तपाईहरुको गौरवमयर् इतिहास र समाजप्रति पुर्‍याउनु भएको दायित्वको कदर गर्दै तपाईहरुमा हृदयदेखि नै सलाम टक्र्याउँदछौं । पुनः एकपटक यहाँहरु हाम्रो अपीलको गम्भीरताको जरासम्म पुगी अन्य ठाउँहरुमा ठूलो दौलत सहयोग गर्नु भए झैं यहाँ पनि अथाह सहयोग जुटाउने विश्वास लिएका छौं ।

आदरणीय आमा समूहका दिदीबहिनीहरु
तपाईहरुले आफ्नो घरायसी दायित्वबाट माथि उठेर बचत समयमा नाचेर गाएर र पछ्यौरा बिछ्याएर पनि चन्दा संकलन गरी गाउँघरका भत्केका र चुहेका स्कूलका भवनहरु मन्दिरहरु, ब्रि्रेका बाटोहरु, समाजलाई चाहिने भाडाकुडाहरु, दाहसंस्कार स्थल र बाटाहरु समाजघरहरु निर्माण गर्न सहयोग पुर्‍याउनु हुने तपाईहरुको विचार र पौरखी हातहरुको प्रशंसा सहित सम्मान गर्दछौं ।

हाम्रो आमन्त्रणामा तमु धिं भित्र मनाइने उत्सवहरुमा तमु पोशाकहरुमा कम्पाउण्ड भरी भराउ हुने गरी, त्यसरी नै ट्होटे पर्वहरुमा पोखरा नगरका बाटोहरु छिचल्नै नसक्ने गरी बाक्लो उपस्थिती भई हामीलाई साथ दिंदै आउनु भएकोले हामी बढि उत्साहित भएका छौं । विकास र समाज प्रति उत्तरदायी रहदै धेरै ठाउँहरुमा दान गर्नु भएका तपाईहरुले यस पटक उदारतका साथ आफ्ना थैली राम्ररी फुकाउनु हुनेछ भनी ढुक्क भएका छौं ।

आदरणीय उद्योगी, साहु महाजन तथा प्राज्ञिक वर्ग तमुहरु, स्वदेश तथा विदेशमा रहनु भएका तमुहरु ब्यापार धन्दामा लागेको लामो इतिहास नभए पनि हाल कति जनाले उपल्लो दर्जाका शिक्षालयहरु स्थापना गरेका छन्, धेरैले वित्तिय संस्थाहरुमा हात बढाएका छन्, कतिले मुलुककै प्रतिष्ठित व्यापारी तथा संचार घराना गृहहरु स्थापना गर्न सफल भएका छन् भने आधुनिक व्यापार र उद्योगमा थुप्रै तमुहरु चर्चित भएका छन् । थोरै भए पनि उच्च र सर्वोच्च मान र पदमा पुग्न सफल भएका छन् । प्रसिद्ध चिकित्सक, इन्जिनियर, बुद्धिजीवी, लोकप्रिय प्राध्यापक, वकिल र शिक्षकको रुपमा स्थापित भएका छन् तमुहरु । यसरी बन्दुक समात्ने हातहरुले अब कलम र बुद्धि खियाएर उन्नति तर्फ उन्मुख हुन लागेकोले उज्यालो भविष्यको संकेत गर्दछ । यसरी तपाईहरुको प्रगतिले सिगो समाजको साख बढाएको छ । अझ तपाईहरुको प्रगतिको कामना गर्दै तपाईहरुको सुखद सहभागिताले पूजाको रनक थपिने र यहाँहरुले अन्त ठूला ठूला रकम सहयोग गर्नु भए झैं आफ्नो मूल घर निर्माण गर्न मन फुकाई दिनु भएमा मात्र हाम्रो लक्ष्य पूरा हुने हुँदा यहाँहरुको दान युगौंयुगसम्म सम्भिmरहने छौं सम्पूर्ण तमुहरुले ।

विश्वशान्ति पूजाद्वारा संकलन रकमबाट गरिने योजनाहरु :
तपाईहरुको अपार विश्वास र सहयोगले यस संस्थाले पोखरा-९ नयाँबजारमा ५ रोपनी जग्गामा मे. जयबहादुर तमुको एकल सहयोगद्वारा निर्मित तमु धिं एक, ट्रसको टीनको छाना भएको एक सभाहल र लाखौं तमुहरुको मन सम्पत्तिको रुपमा आर्जन गरेका छौं । झट्ट भित्र प्रवेश हुँदा रमाईलो कम्पाउण्ड देखिएता पनि यस भित्रको आवश्यकता फरक छ । यहाँ आयोजना हुने कार्यक्रमहरुमा हज्जारौं तमुहरुको उपस्थिती हुने हु“दा हाम्रा आमन्त्रीत पाहुनाहरु गेट भित्र छिर्न र पाईला टेक्ने ठाउँसम्म नपाउने अप्ठ्यारो र साँगुरो पनाले हामी ज्यादै दुःखी भएका छौं ।

तमु धिं प्रतिको बढ्दो आकर्षा र जनसंख्याको चापको महसुस गरी भोलिको पिडीले कम्तीमा पलेटी मारी बस्न पाउन भन्ने हेतुले यसको वरीपरीको जग्गा खरिद गर्ने हाम्रो पहिलो प्राथमिकता रहेको छ । यस प्रायोजनका लागि करिब ३ करोड रुपियाँ लाग्ने अनुमान छ । यस कम्पाउण्ड भित्र एक अत्याधुनिक सामुदायिक भवन निर्माण गर्ने दोश्रो लक्ष्य रहेको छ । यस भवन भित्र एक सभाहल, यस संस्थाको प्रधान कार्यालय, भातृ संगठनहरुका कार्यालयहरु, गेष्ट हाउस, पुस्तकालय, स्वास्थ्य क्लिनिक, सामाजिक न्याय कक्ष, बृद्ध क्लब, प्रौढ शिक्षा कक्ष, तमु भेषभूषा बुन्न सिक्ने कक्ष एवं विविध सेवा उपलब्ध गराउने यस भवन निर्माणमा दुर्इ करोड रुपिया लाग्ने अनुमानितर् इष्टिमेट रहेको छ । तमु धिं नेपाललाई अलि पर कम्तिमा स्वर्ण जयन्ती समारोह सम्म पुग्न आर्थिक भार थाम्नयोग्य बनाउन दुर्इ करोड रुपियाँ बैंकमा फिक्स डिपोजिट गरी सोको ब्याजबाट संस्था संचालन गर्ने तेश्रो योजना अगाडि सारेका छौं

 अन्य उद्देश्यहरुः
१. डा. हर्क-चन्द्र छात्रवृत्ति स्थापना गर्ने ।
२. गरिब, जेहेन्दार र अपा· तमु विद्याथर्र्हिको लागि छात्रवृत्ति स्थापना गर्ने ।
३. वृद्धाश्रम, नर्सि· होम्स, वित्तिय संस्थाहरुमा लगानी गर्ने दीर्घकालिन सोच राखेका छौं ।
४. कहोला सोंथरको संरक्षण गर्ने र तर्ीथस्थलको रुपमा विकास गर्ने ।
५. पच्यू केल्हप्रीको वेदलाई लिखित गर्ने ।
६. मुलुक भित्रको अथाह पूँजी र युवा जगत विदेश पलायन हुने बढ्दो क्रमको उचित बाटो पहिचान गर्ने ।
७. राष्ट्रवाद सहितको उच्च शिक्षा, उद्योग व्यापार र स्वदेशी नोकरी गर्नका निम्ति युवा जगतलाई प्रेरणा जगाउने ।
८. तमु ह्युला चोक र गोर्खा स्मारक निर्माण गर्ने ।
९. राष्ट्र, राष्ट्रियता, जातीय सद्भाव र धार्मिक सहिष्णुता सहितको नयाँ नेपाल निर्माण गर्न जिम्मेवार रहन जागरण गर्ने ।
१०. भाषा, संस्कृति र परम्पराको जगेर्ना र विकास गर्ने ।
११. नाल सभाको निरन्तरता दिन सहयोग जुटाउने ।
१२. ५ हजार प्रदान गर्नु हुने महानुभावहरु आजीवन सदस्य रहनु हुनेछ ।
१३. २५ हजार रुपैयाँ प्रदान गर्नु हुने महानुभावहरु विशिष्ट सदस्य रहनु हुनेछ ।
१४. ५० हजार रुपैयाँ प्रदान गर्नु हुने महानुभावहरु आदर्श सदस्य रहनु हुनेछ । फोटो कार्यालययमा टाँसिने छ ।
१५. १ लाख रुपैयाँ प्रदान गर्नुहुने संरक्षक सदस्य रहनु हुनेछ र उहाँहरुको फोटो टाँसिने छ ।
१६. २ लाख रुपैयाँ प्रदान गर्नुहुने महानुभावहरु आदरणीय संरक्षक सदस्य रहनु हुनेछ र फोटो टाँसिने छ ।
१७. ५ लाख रुपैयाँ प्रदान गर्नुहुने महानुभावहरुको श्रीमान्/श्रीमतीको फोटो यस कार्यालयमा रहने र तीन पुस्तासम्म परम संरक्षक सदस्य रहनु हुनेछ ।
१८. २५ लाख रुपैयाँ प्रदान गर्नुहुने महानुभावहरुको श्रीमान्/श्रीमतीको फोटो यस कार्यालयमा रहने र चार पुस्तासम्म माननीय-संरक्षक सदस्य रहनु हुनेछ ।
१९. ५० लाख रुपैयाँ प्रदान गर्नुहुने महानुभावहरुको श्रीमान्/श्रीमतीको फोटो यस कार्यालयमा रहने र पाँच पुस्तासम्म समआदरणीय-संरक्षक सदस्य रहनु हुनेछ ।
२०. ७५ लाख रुपैयाँ प्रदान गर्नुहुने महानुभावहरुको श्रीमान्/श्रीमतीको फोटो यस कार्यालयमा रहने र ६ पुस्तासम्म परम-आदरणीय संरक्षक रहनु हुनेछ ।
२१. १ करोड रुपैयाँ देखि माथि प्रदान गर्नुहुने महानुभावहरु सात पुस्तासम्म सम्माननीय प्रमुख संरक्षक रहने, निजको परिवारकै फोटो यस कार्यालयमा रहने छ ।
२२. ५ हजार रुपैयाँ भन्दा माथिका दाताहरुको नाउँ मार्वलमा लेखिने छ ।

अन्त्यमा :
हामी जहा रहे पनि, जुन संस्थामा कार्यरत रहे पनि सबै तमुहरुको मन र सद्भाव एकै थलोमा बटुल्न र सम्बन्ध विकसित गर्राई तमु धिं नेपाललाई सम्पूर्ण तमुहरुको साझा घर बनाउने प्रयास गरेका छौं । यो प्रयत्न आफैमा पवित्र, दूरदर्शि र तमुको हितमा केन्द्रित रहेको छ । यसैले यस यात्रामा लाखौं लाखौं तमुहरुले समर्थन जाहेर गर्ने विश्वास गरेका छौं । अब एकता सहित लाखौं तमुहरुको मन, विचार र साथ आफ्नो मुलघरमा एकिकृत गरेर सुन्दर भविष्य र समृद्ध तमु समाजको गुरुयोजना कोर्ने जिम्मेवारी र कर्तव्य हामी सबैको काँधमा आएको छ । यसैले तमुहरुको प्रतिष्ठा सँग जोडिएको यो अभिभारा सफल तुल्याउन यहाँहरु सबैको साथ पाउने विश्वास गर्दै तपाईहरुले समाजको निम्ति प्रदान गर्नु हुने विशाल सहयोगलाई शिर उपर ग्रहण गरी इमान्दारीपूर्बक सदुपयोग गर्ने र यस अपार सहयोगका लागि पितृले यहाँहरुको समृद्धिका निम्ति सदा आशिर्वाद देउन ।

धन्यवाद ।
कार्यक्रम उद्घाटन : ५ फाल्गुण २०६६
समय : बिहान १०:०० बजे
स्थान : तमु धिं नेपाल, नयाँबजार, पोखरा
समापन : ११ फाल्गुण २०६६

सम्पर्क :
तमु धिं नेपाल - ०६१-५२५२५०
अध्यक्ष - ९८०४१-१८६३५
महासचिव - ९८५६०-२२३००
Website:www.tamudhinnepal.org.np

प्रार्थी
श्रीमती कर्म तमु
अध्यक्ष
विश्व शान्ति पूजा मूल आयोजक समिति एवं
तमु धिं नेपाल परिवार, पोखरा